नेपाली महिला क्रिकेट टोलीले मलेसियासँग पाँच खेलको टी-२०आई शृंखला खेल्ने

0 Shares

४ असोज, काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँग पाँच टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ। मलेसियाको कुआलालम्पुरमा आगामी अक्टोबर २ देखि ८ सम्म शृंखला हुनेछ।

यसअघि तयारी स्वरूप टोलीका खेलाडीहरू सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुने मलेसियन सुपर वुमन सिरिजमा सहभागी हुनेछन्। उक्त प्रतियोगितामा १४ खेलाडी फरक–फरक पाँच टोलीबाट खेलेर अनुभव बटुल्नेछन्।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार मलेसिया भ्रमणका लागि १४ सदस्यीय टोली घोषणा गरिएको छ ।

टोलीमा इन्दु बर्मा, पूजा महतो, राजमती ऐरि, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा बिस्ट, सावित्री धामी, कविता कुँवर, रुबिना क्षेत्री, सीता राना मगर छन् ।

सम्बन्धित समाचारसबै